Thursday, October 15, 2026
Old - TI Nepal Website
No Result
View All Result
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal
Old - TI Nepal Website
No Result
View All Result
Home News and Events Press Release

प्रेश वक्तव्य – स्थानीय तह निर्वाचन २०७९ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

April 5, 2022

प्रेश वक्तव्य

२२ चैत २०७८

स्थानीय तह निर्वाचन २०७९ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

नेपालको संविधानअनुसार देशका ७५३ स्थानीय तहको निर्वाचन आउँदो २०७९ साल वैशाख ३० गते हुने भएको सर्वविदितै छ । संविधानअनुसार स्थानीय तह राज्यको सबैभन्दा आधारभूत तह र आम–नागरिकको दैनिकीसँग सम्बन्धित सेवाप्रवाह गर्ने सबैभन्दा नजिकको राज्य संयन्त्र पनि हो । त्यसैले यो निर्वाचन सबै नेपालीका लागि अत्यन्त महत्वपूर्ण हुँदा निर्वाचनलाई सफल, सार्थक, निष्पक्षका साथै भय, त्रास र धाँधलीरहित स्वच्छ बनाई सम्पन्न गर्न/गराउन सम्बन्धित पक्षहरूलाई ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल यो आह्वान गर्दछ ।

१. सरकार

निर्वाचन पूर्व, निर्वाचनको (मतदानको) चरणमा र निर्वाचनपछि पनि मुलुकभर शान्ति र व्यवस्था कायम गर्दै आम–नागरिकसँग सम्बन्धित जनस्वास्थ्य र आपूर्ति व्यवस्था कायम राख्दै साना/ठूला सबै दल, उम्मेदवारहरूका साथै मतदातासमेतलाई शान्तिपूर्वक र भय, त्रासमुक्त वातावरणमा स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण कायम राख्न संघ र प्रदेश सरकारहरूलाई आह्वान गर्दछ ।

२. निर्वाचन आयोग

लोकतन्त्रको आधारभूत स्तम्भहरूमध्येको एक निर्वाचन आयोग हो । निश्चित मितिमा स्वच्छ, निस्पक्ष र व्यवस्थितरुपमा निर्वाचन हुन सकेन भने लोकतन्त्रको मर्म नै समाप्त हुन्छ । आगामी स्थानीय तह निर्वाचनलाई विश्वसनीय, स्वच्छ र निष्पक्षरुपमा सम्पन्न गराउने प्रमुख जिम्मेवारी निर्वाचन आयोगको हो । तसर्थ, निर्वाचन पूर्व मतदाता शिक्षा र मतदान केन्द्रहरूको उपयुक्त व्यवस्थाका अतिरिक्त सहजरुपमा आम–मतदाताको निर्भयतापूर्वक मतदान गर्न पाउने वातावरण बनाउनुका साथै मतगणना र नतिजा घोषणासमेतमा सहज र विश्वसनीय व्यवस्था मिलाउन निर्वाचन आयोगलाई विशेष आह्वान गर्दछ ।

३. राजनीतिक दल

संविधानतः राजनीतिक दलहरू देशको शासन व्यवस्था सञ्चालनको मियो नै हुन् । स्थानीय तहको आगामी निर्वाचनमा राजनीतिक दलहरूको सहभागिता र अन्य क्रियाकलापको महत्वपूर्ण भूमिका रहने हुन्छ । दलहरूको घोषणा–पत्र, प्रचार–प्रसारका शैली र उम्मेदवार छनौट समेतले आम–मतदाता र नागरिकको अपेक्षाको आधार बन्ने हुँदा उपयुक्त, सक्षम, सेवामुखी र योग्य उम्मेदवारलाई छनौट गर्न (टिकट दिन), निर्वाचन आचार–संहिताअनुकूल सभ्य र शिष्ट प्रचार–प्रसारको शैली अवलम्बन गर्न, मतदान, मतगणना र परिणाम घोषणापछि सभ्य र जिम्मेवारीपूर्ण व्यवहार गर्न गराउन राजनीतिक दलहरूलाई आह्वान गर्दछ ।

४. उम्मेदवार

निर्वाचनको क्रममा विभिन्न पक्षहरूको लागि विभिन्न दलहरूबाट भाग लिने उम्मेदवारहरूले मतदान पूर्व, मतदानको समयमा, मतगणनाको समयमा र निर्वाचन परिणाम घोषणापछि पनि संयमित र उच्च आचरण प्रस्तुत गर्नुका साथै मतदातामा डर, त्रास, भ्रम वा लोभ–लालचमा नपारी निर्भयतापूर्वक आफ्नो स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन आह्वान गर्दछ । साथै, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार–संहिताअनुकूल आचरण र व्यवहार प्रदर्शन गर्न गराउन पनि सबै उम्मेदवारमा अनुरोध गर्दछ ।

५. मतदाता

निर्वाचनको निर्णायक पात्र मतदाताहरू नै हो । आफैले आफ्ना लागि प्रतिनिधि छनौट गर्न यो निर्णायक घडीमा आम–मतदाताले कसैको लोभ–लालच, भ्रम वा भय त्रासमा नपरी आफ्नो विवेकले मतदान गर्न सक्नुपर्दछ । लोकतन्त्रले दिलाएको यस महत्वपूर्ण घडीमा सबै मतदाताले लोभ–लालच, स्वार्थ नभएका र उच्च नैतिक आचरण भएका सक्षम व्यक्तिलाई मतदान गर्न नसके पछिल्ला दिनहरूमा पश्चाताप गर्नुपर्ने हुन्छ । आफ्नै हातले आफू र आफ्ना सन्ततीको भविष्य सुनिश्चित गर्ने यो अवसरमा नचुक्न आम–मतदातालाई आह्वान गर्दछ ।

६. चन्दादाता

निर्वाचनको क्रममा आफूलाई मन परेका उम्मेदवार वा दललाई चन्दा, सहयोग दिन चाहने उद्योगी, व्यवसायी वा अन्य व्यक्तिहरूले समेत आफूले दिएको सहयोग पारदर्शी पार्न र निर्वाचन आचार–संहिता प्रतिकुल कुनै सहयोग नदिन पनि अनुरोध गर्दछ ।

७. सञ्चारजगत्

लोकतन्त्रमा सञ्चारजगत्को भूमिका अहम् रहन्छ नै । अझ खुल्ला वातावरणमा फरक–फरक सञ्चार–माध्यमले प्रवाह गर्ने फरक–फरक सूचनाले आम–नागरिकलाई प्रभाव पारेको हुन्छ । स्थानीय तहको आगामी निर्वाचनको प्रत्येक चरणमा लोकतन्त्रको पहरेदारको रुपमा सञ्चारजगत्ले निर्वाचन आचार–संहिताको पालना, उपयुक्त उम्मेदवार छनौट, मतदाताको भूमिका र मनोबलमा सकारात्मक समाचार सम्प्रेषण गर्न\गराउन आह्वान गर्दछ ।

लोकतन्त्रको संस्थागत सुदृढीकरणका साथै भ्रष्टाचारमुक्त र सदाचारयुक्त नेपाल बनाउनुपर्ने आजको आवश्यकता हो । भ्रष्टाचार, विसंगति र विकृति नियन्त्रण गर्न सकिएन भने समृद्ध नेपाल बनाउने सपना पनि साकार हुन सक्दैन । यसका लागि नेतृत्व वर्ग नै योग्य, सक्षम र सदाचारी हुनु आवश्यक छ । स्थानीय तह राज्यको सबैभन्दा आधारभूत र आम–नागरिकको सरोकारसँग सम्बन्धित तह हो । जग भरपर्दो हुन नसके घर बलियो हुन सक्दैन । तसर्थ, स्थानीय तहको आउँदो निर्वाचन सबै नेपालीका लागि चासोको विषय हुनु स्वाभाविक हो । यो निर्वाचनलाई सफल बनाई उपयुक्त व्यक्तिमात्र निर्वाचित हुन सक्ने वातावरण बनाउन सबै सरोकारवालाहरूले सकारात्मक भूमिका निर्वाह गर्न/गराउन ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल जोडदार आह्वान गर्दछ ।

पद्मिनी प्रधानाङ्ग
अध्यक्ष
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

Download PDF
Was this content helpful?
YesNo

Related Posts

Press Release

हार्दिक श्रद्धाञ्जली

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति

Press Release

प्रेस विज्ञप्ति: समझदारीपत्र सार्वजनिक गरियोस्

Next Post
Press Release

प्रेश वक्तव्य - स्वतन्त्र र स्वच्छ मतदान सुनिश्चित गरौं; धम्की र लोभलालचको भत्र्सना गरौं

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९)
Latest News and Events

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९)

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९) को अवसरमा यस संस्थाको पदाधिकारी, सदस्य, सचिवालय सदस्यको सहभागितामा काठमाडांैको माइतिघर...

Read moreDetails
Affiliated Organizations

CPI 2023 सम्बन्धी प्रेस नोट

आवद्ध संस्थासँग भेटघाट र छलफल

आवद्ध संस्थासँग भेटघाट र छलफल

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

टिआई नेपालको २७ औं स्थापना दिवसशका अवसरमा छलफल

टिआई नेपालको २७ औं स्थापना दिवसशका अवसरमा छलफल

Old - TI Nepal Website

Transparency International Nepal (TIN) is a civil society institution dedicated to increasing public accountability and curbing corruption in all walks of life. It is registered at the Kathmandu District Administration Office and is affiliated with the Social Welfare Council.

TIN is one of national chapters of Transparency International, a NGO that leads a global movement against corruption. Transparency International is active in more than 100 countries with its secretariat in Berlin. It builds up support for the national chapters as part of a growing international movement for a transparent and corruption-free society.

Get in touch

Transparency International Nepal
House No.: 57/62
Chhakkubakku Marga, New Baneshwor,
Kathmandu, Nepal.
P.O. Box: 11486.

Tel: 977-1-4575062, 4575262
Fax: 977-1-4575112
Email: trans@tinepal.org
Website: https://old.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal

Copyright © 2025, Transparency International Nepal. All rights reserved.