Friday, October 16, 2026
Old - TI Nepal Website
No Result
View All Result
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal
Old - TI Nepal Website
No Result
View All Result
Home News and Events Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचार नियन्त्रणमा सरकारको प्राथमिकता बढोस्

August 19, 2021

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल स्थापनाको २६ औँ वर्ष प्रवेशको अवसरमा

प्रेश विज्ञप्ति

भ्रष्टाचार नियन्त्रणमा सरकारको प्राथमिकता बढोस्

काठमाडौं, २०७८ भाद्र ३ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल आज २०७८ साल भाद्र ३ गते आफ्नो स्थापनाको २६ औँ वर्षमा प्रवेश गरेको छ । भ्रष्टाचार नियन्त्रण, सदाचार प्रवद्र्धन, पारदर्शिता र जवाफदेहितामा केन्द्रित रही यस संस्थाले विभिन्न समय र कालखण्डमा नागरिक पहरेदारको भूमिका निर्वाह गर्दै आएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोधी गठवन्धन सदस्यका नाताले भ्रष्टाचार विरोधी राष्ट्रिय अभियान नेतृत्व गर्ने यस संस्थाले तिनै तहका सरकार, संसद्, दल, न्यायपालिका, भ्रष्टाचार विरोधी निकाय, निजी क्षेत्र, नागरिक संघ–संस्था, सञ्चारक्षेत्र आदिसँग विगत २५ वर्षदेखि समन्वय र सहकार्य गर्दै शासकीय सुधारमा विशेष पहल गर्दै आएको छ ।

हालै सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम अन्त गर्दै संसद् पुनरस्थापना गरी प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने परमादेश जारी गरेपछि देशमा नयाँ गठबन्धनको सरकार निर्माण भएको छ । यो सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको र कार्यक्रममा कोभिड महामारी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, सुशासन र सार्वजनिक सेवा आदिलाई उचित प्राथमिकता दिने भन्ने उल्लेख गरिएको छ । यस लगायत अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतकर्ता केन्द्रलाई सशक्त बनाउने, मन्त्रीपरिषद्को सदस्यको आचारसंहिता लागू गर्ने तथा कोभिडसम्बन्धी सामाग्री खरिदमा अनुसन्धान गर्नेजस्ता विषय पनि साझा कार्यक्रममा उल्लेख गरिएका छन् । यी विषयहरू निश्चय नै स्वागतयोग्य कदम हुन् र तिनको सशक्त कार्यान्वयन हुनु पर्दछ भन्ने यस संस्थाको धारणा रहेको छ ।

नेपालको बढ्दो भ्रष्टाचारको कारण राजनीतिक भ्रष्टाचार र निजी स्वार्थको लागि पदको दुरुपयोग प्रमुख समस्या रहेको भन्ने कुरा Corruption Perception Index र Global Corruption Barometer  सर्वेक्षणले इंकित गरेको सन्दर्भमा सरकार भ्रष्टाचार नियन्त्रणमा अझ बढी प्रतिवद्ध हुन ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ राज्यकै प्रमुख एजेन्डा बन्न जरुरी रहेको पनि यस संस्थाको धारणा रहेको छ । यसका लागि प्रथमत: ‘राजनीतिक दलहरूबीच सहमति जुटोस्’ भनी यो संस्था आग्रह गर्दछ ।

नयाँ गठबन्धनको सरकार बनेको एक महिना बितिसक्दा पनि मन्त्रीपरिषद् पूर्णरुपमा गठन हुन नसकेकोमा चाँडै पूर्णता दिई सरकारको प्रभावकारिता सेवाप्रवाहमा देखियोस्, राजनीतिक हस्तक्षेप बन्द गरी स्वार्थको द्वन्द्व हुन नदिन उचित ध्यान दिइयोस् भनी यस संस्था सरकारलाई अपिल गर्दछ ।

साथै, स्वच्छ निर्वाचनको वातावरण बनाउन, भ्रष्टाचार नियन्त्रणका विधेयक सशक्तरुपमा पारित गर्न, न्यायिक विसंगति नियन्त्रण गर्न, सार्वजनिक खरिद स्वच्छ बनाउन र विपद् तथा महामारी नियन्त्रणमा सर्वपक्षीय प्राथमिकता जुटाउनमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सरकार सम्बद्ध पक्षहरूसँग आफ्नो २६ औँ स्थापना दिवसका अवसरमा जोडदार अपिल गर्दछ ।
धन्यवाद ।

मुकुन्द बहादुर प्रधान
महासचिव

पद्मिनी प्रधानाङ
अध्यक

Was this content helpful?
YesNo

Related Posts

Press Release

हार्दिक श्रद्धाञ्जली

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति

Press Release

प्रेस विज्ञप्ति: समझदारीपत्र सार्वजनिक गरियोस्

Next Post
Press Release

प्रेश वक्तव्य - आयकर ऐन संशोधन प्रस्ताव तुरुन्त फिर्ता लिइयोस्

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९)
Latest News and Events

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९)

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९) को अवसरमा यस संस्थाको पदाधिकारी, सदस्य, सचिवालय सदस्यको सहभागितामा काठमाडांैको माइतिघर...

Read moreDetails
Affiliated Organizations

CPI 2023 सम्बन्धी प्रेस नोट

आवद्ध संस्थासँग भेटघाट र छलफल

आवद्ध संस्थासँग भेटघाट र छलफल

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

टिआई नेपालको २७ औं स्थापना दिवसशका अवसरमा छलफल

टिआई नेपालको २७ औं स्थापना दिवसशका अवसरमा छलफल

Old - TI Nepal Website

Transparency International Nepal (TIN) is a civil society institution dedicated to increasing public accountability and curbing corruption in all walks of life. It is registered at the Kathmandu District Administration Office and is affiliated with the Social Welfare Council.

TIN is one of national chapters of Transparency International, a NGO that leads a global movement against corruption. Transparency International is active in more than 100 countries with its secretariat in Berlin. It builds up support for the national chapters as part of a growing international movement for a transparent and corruption-free society.

Get in touch

Transparency International Nepal
House No.: 57/62
Chhakkubakku Marga, New Baneshwor,
Kathmandu, Nepal.
P.O. Box: 11486.

Tel: 977-1-4575062, 4575262
Fax: 977-1-4575112
Email: trans@tinepal.org
Website: https://old.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal

Copyright © 2025, Transparency International Nepal. All rights reserved.