Thursday, October 15, 2026
Old - TI Nepal Website
No Result
View All Result
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal
Old - TI Nepal Website
No Result
View All Result
Home News and Events Press Release

प्रेस वक्तव्य

December 13, 2022

मितिः २०७९ मंसिर २७

प्रेस वक्तव्य

उत्साहपूर्ण तवरमा संघ र प्रदेशस्तरमा प्रत्यक्षतिरको चुनावी परिणाम र समानुपातिकमा विजयी सांसद घोषणा भएसँगै मुलुक नयाँ संसद् अधिवेशनको पर्खाइमा छ । निर्वाचनका बखत मतदाताले सुशासन, विधिको शासन, भ्रष्टाचार नियन्त्रण र नयाँ सोचसहितको प्रभावकारी काम–कारबाही अपेक्षा गरेको प्रष्ट सन्देश दलहरुलाई दिएका छन् । मुलुकलाई भ्रष्टाचारमुक्त तुल्याउँदै सुशासन दिने वचनसहित जनप्रतिनिधिहरु चुनिएका छन् । संसद्मा मतदाताका अपेक्षाका विषयमा छलफल हुने र त्यसअनुरुप कानुन बन्ने विश्वासमा मुलुक छ ।

अब नयाँ संसद्ले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख चयन गर्नुपर्ने दायित्व छ । संसदद्धारा नयाँ सरकार निर्माण नभएसम्म कामचलाऊ सरकार विद्यमान छ । कामचलाऊ सरकारलाई दैनिकी प्रशासन सञ्चालनबाहेक मुलुकमा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय लिने संवैधानिक अधिकार हुँदैन । कामचलाऊ सरकारको दायित्व भनेको स्वच्छ र स्वस्थ सरकार हस्तान्तरण गर्नु हो । भावी सरकारलाई संवैधानिक र कानुनी अप्ठ्यारो पार्ने गरी कुनै निर्णय लिने अधिकार कामचलाऊ सरकारलाई हुँदैन । कामचलाऊ सरकारको विश्वव्यापी मान्यता पनि यही हो ।

नयाँ सरकार गठन निम्ति औपचारिक प्रक्रिया प्रारम्भ नहुँदै कामचलाऊ सरकारले दण्डहिनता प्रश्रय दिने अध्यादेश जारीका निम्ति राष्ट्रपति कहाँ सिफारिश विषयमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको ध्यानाकर्षण भएको छ । सरकारको उक्त निर्णय जनादेश प्रतिकूल हुनुका साथै लोकतन्त्र र संविधानको मर्म विपरीत भएको र कामचलाउ सरकारको कार्यादेशविपरीत जानु हो । त्यसमाथि कुनै कारणले मुलुक समस्यामा प-यो भने फुकाऊ निम्ति वाध्यात्मक परिस्थितिका उपजका रुपमा मात्र अध्यादेश जारी गर्न सकिन्छ । चुनाव सकिएपछि नयाँ सरकार निर्माण निम्ति अग्रसर हुनुपर्ने अवस्थामा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी अध्यादेश जारी गर्नु भनेको अध्यादेशसम्बन्धी संवैधानिक मान्यताविपरीतको क्रियाकलाप हो । जुन आपत्तिजनक र भत्र्सनायोग्य छ ।

आफू अनुकूल सरकार गठन गर्ने निहित स्वार्थ पूरा गर्न फौजदारी अभियोग लागेका राजनीतिक व्यक्तिहरुको मुद्दा फिर्ता लिन अध्यादेशमार्फत फौजदारी कार्यविधि ऐन संशोधन गर्ने प्रयास गर्नु लोकतन्त्र र संविधान विपरीतको कर्म हो । संविधानको भावना प्रतिकूलमा रहेर उक्त अध्यादेश जारी गरिनु सर्वथा अनुचित र असंवैधानिक छ । यस्तो असंवैधानिक कदमबाट मतदाताको भावनाको अपहेलना हुने, दण्डहिनता बढ्ने, राजनीतिक अस्थिरतालाई मलजल मिल्ने मात्र नभई अततः संसदीय शासन व्यवस्थाप्रति वितृष्णा बढ्ने छ ।

तसर्थ, फौजदारी अभियोग लागेका व्यक्तिहरुको मुद्दा फिर्ताका हकमा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर प्रतिकूल अध्यादेश गरिनु हुँदैन । संविधानको भावना, आफूले पाएको कार्यदेश र सर्वोच्च अदालतको नजिर विपरित खराब मनसायबाट सिफारिश भएको हुँदा तत्काल अध्यादेश फिर्ता लिन टी.आई.नेपाल सरकारसमक्ष माग गर्दछ । यस्ता कानुनविपरीतका कदमले भ्रष्टाचार मापन सूचकांकलाई समेत प्रभावित गर्ने हुँदा सचेत रहन सरकारलाई आग्रह गर्दछौं ।

पद्मिनी प्रधानाङ्ग
अध्यक्ष
ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपाल

Download PDF

Was this content helpful?
YesNo

Related Posts

Press Release

हार्दिक श्रद्धाञ्जली

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति

Press Release

प्रेस विज्ञप्ति: समझदारीपत्र सार्वजनिक गरियोस्

Next Post
Press Release

प्रेस वक्तव्य - सौराहा, चितवनमा २०७९ पौष १४ – १६ गते सम्पन्न

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९)
Latest News and Events

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९)

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९) को अवसरमा यस संस्थाको पदाधिकारी, सदस्य, सचिवालय सदस्यको सहभागितामा काठमाडांैको माइतिघर...

Read moreDetails
Affiliated Organizations

CPI 2023 सम्बन्धी प्रेस नोट

आवद्ध संस्थासँग भेटघाट र छलफल

आवद्ध संस्थासँग भेटघाट र छलफल

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

टिआई नेपालको २७ औं स्थापना दिवसशका अवसरमा छलफल

टिआई नेपालको २७ औं स्थापना दिवसशका अवसरमा छलफल

Old - TI Nepal Website

Transparency International Nepal (TIN) is a civil society institution dedicated to increasing public accountability and curbing corruption in all walks of life. It is registered at the Kathmandu District Administration Office and is affiliated with the Social Welfare Council.

TIN is one of national chapters of Transparency International, a NGO that leads a global movement against corruption. Transparency International is active in more than 100 countries with its secretariat in Berlin. It builds up support for the national chapters as part of a growing international movement for a transparent and corruption-free society.

Get in touch

Transparency International Nepal
House No.: 57/62
Chhakkubakku Marga, New Baneshwor,
Kathmandu, Nepal.
P.O. Box: 11486.

Tel: 977-1-4575062, 4575262
Fax: 977-1-4575112
Email: trans@tinepal.org
Website: https://old.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal

Copyright © 2025, Transparency International Nepal. All rights reserved.