Thursday, October 15, 2026
Old - TI Nepal Website
No Result
View All Result
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal
Old - TI Nepal Website
No Result
View All Result
Home News and Events Press Release

प्रेश वक्तव्य – 2019 Corruption Perception Index -CPI

January 23, 2020

प्रेश वक्तव्य

2019 Corruption Perception Index -CPI ले विश्वका अधिकांश मुलुकहरुमा भ्रष्टाचार विरोधी प्रयासमा शिथिलता रहेको देखाएको छ । पैसाले राजनीतिलाई प्रभावीत गरेका मुलुकहरुमा भ्रष्टाचार व्याप्त रहेको तथ्यांकले देखाएको छ ।

काठमाडौं, ०७६ माघ ९ (जनवरी २३, २०२०) । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) द्वारा आज  Corruption Perception Index -CPI    (भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१९) सार्वजनिक गरिएको छ ।  सीपीआई २०१९    ले १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यवसायीको अवधारणा मापन गरेको छ । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । १३ विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार गरिएको छ । टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दैआएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको छ ।

यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क कुल १०० मा ८७ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया ९ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ ।

सीपीआई २०१९ मा दुईतिहाई मुलुकले ५० भन्दा कम अर्थात् औषत ४३ अंक (स्कोर) पाएका छन् । २२ देशले आफ्नो स्कोरमा राम्रो सुधार गरेका छन् भने २१ देशको स्कोर अझ तल झरेको छ । सुधार भएका देशमा निर्वाचनसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन र राजनीतिक तहमा सरोकारवालासँग व्यापक रुपमा सल्लाह/ सुझाव लिने प्रवृति देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष डेलिया फरेरा रुवियोका अनुसार “सरकारी तहमा हुने भ्रष्टाचारबाट आजित जनतामा राज्यका निकायहरूप्रतिको गिर्दो विश्वास हटाउन राजनीतिक सदाचारतर्पm उन्मुख हुनुपर्ने देखिएको छ । दलको चुनावी खर्चमा चन्दा र सहयोगबाट सिर्जना हुने भ्रष्टाचार तथा राजनीतिक व्यवस्थामा पर्ने पैसाको प्रभाव अन्त गर्नुपर्ने देखिन्छ ।” ट्रान्सपरेन्सी इन्टरनेशनलका निर्देशक प्याटिसिया मोरिया भन्नुहुन्छ, ‘भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुन नसक्दा यसको गम्भीर नकारात्मक असर धेरै देशका नागरिकमा परेको देखिन्छ । भ्रष्टाचार नियन्त्रण गर्न र जनताको जीवनस्तरमा सुधार ल्याउन राजनीतिमा पैसाको प्रभाव घटाउनुपर्छ । निर्णय प्रक्रियामा आम नागरिकको प्रतिनिधित्व हुन जरुरी छ ।’

विगत १ वर्षमा (सन् २०१८/१९) विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीइएमसमेत गरी ६ वटा संस्थाका सर्वेक्षणका आधारमा सीपीआई २०१९ मा नेपाललाई १०० मा ३४ अङ्क दिइएको छ । गतवर्ष यस सूचीमा नेपालको अंक ३१ रहेको थियो ।

सीपीआईमा नेपाल

वर्ष (सन्) 2019 2018 2017 2016 2015 2014 2013 2012
स्कोर/

कूल अङ्क

34/100 31/100 31/100 29/100 27/100 29/100 31/100 27/100
स्थान/

कुल देश

113/180 124/180 122/180 131/176 130/168 126/175 116/177 139/176

ती संस्थाहरूले सर्वेक्षण गर्दा विश्व बैङ्कले सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको काम कारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सिमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकडबारे सर्वेक्षण गरेको छ । वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारबारे सर्भेक्षण गरेको छ । ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यातमा घूस र भ्रष्टाचारबारे सर्वेक्षण गरेको छ । यस्तै, बर्टेल्सम्यान फाउन्डेसनले सार्वजनिक पद दुरुपयोगमा कारबाही र भ्रष्टाचार नियन्त्रणको स्थिति र वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा सर्भेक्षण गरेका छन् । भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीइएम) ले राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिकासम्बन्धित भ्रष्टाचारको व्यापकताजस्ता विषयहरू समेटेका छन् ।

नेपालको सीपीआई स्कोरका लागि प्रयोग भएका तथ्याङ्क र सम्बद्ध संस्था

  वर्ष   विश्व बैङ्क   वल्र्ड इकोनोमिक फोरम   ग्लोबल इनसाइट   बर्टेल्सम्यान फाउन्डेसन   वल्र्ड जस्टिस प्रोजेक्ट   भीडीइएम
2019 35 40 35 29 35 29
2018 35 33 35 25 32 25
2017 35 34 35 25 32 25
2016 35 26 34 24 31 21
2015 35 33 22 23 24 –
2014 35 31 22 28 31 –
2013 35 28 32 28 32 –
2012 35 27 22 23 31 –

सीपीआई २०१९ मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाले गरेका सर्वेक्षणका विविध आयाममध्ये सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायहरुको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सुरक्षा निकायहरु खासगरी नेपाली सेनामा सदाचारको पहल लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणहरुले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले ईंकित गरेको देखिन्छ । तर पनि सरकारको भ्रष्टाचार विरोधी प्रतिवद्धता अनुरुप कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग यथावत रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समुहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गंभीर नहुनुजस्ता दीर्घकालीन समस्याहरुमा सुधार हुन सकेको छैन । यसकारण सुचकाङ्कमा केही सुधारका बावजुद नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरूको श्रेणीमै रहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले शक्ति पृथकीकरणको प्रवद्र्धन, पक्षपात रहित बजेट र सेवामा सरोकारवालाहरुको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, स्वार्थको द्वन्द्वमा संबोधन, निर्णय प्रक्रियामा सरोकारवालहरुको अर्थपूर्ण पहुँच, निर्वाचनमा देखिने विकृतीहरुको अन्त्य तथा नागरिक, सामाजिक अभियन्ता र पत्रकारहरुको सशक्तिकरण जस्ता विषयको संबोधनबाट भ्रष्टाचार नियन्त्रण गर्न र राजनीति प्रति विश्वास जगाउन सरकारलाई सुझाव दिएको छ ।

सीपीआई २०१९मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५ औं स्थान, भारत ४१ अङ्क प्राप्त गरी ८० औं स्थान, श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९३ औं स्थान, नेपाल ३४ अङ्क प्राप्त गरी ११३ औं स्थान, पाकिस्तान ३२ अङ्क प्राप्त गरी १२० औं स्थान, मालदिभ्स २९ अङ्क प्राप्त गरी १३० औं स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४६ औं स्थान र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७३ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीनले ४१ अङ्क प्राप्त गरी ८० औं स्थानमा रहेको छ ।

सीपीआई २०१९ सम्बन्धमा जारी प्रेस विज्ञप्ति र सूचकाङ्कको विवरण  www.transparency.org/cpi2019  मा उपलब्ध छ । टीआई नेपालको प्रेस विज्ञप्ति  www.tinepal.org  मा उपलब्ध छ ।

मुकुन्द बहादुर प्रधान

महासचिव

Download:

  1. TI Nepal- CPI 2019 Press Release
  2. EMBARGOED_2019 Corruption Perceptions Index shows anti-corruption efforts stagnating in G7 countries
  3. Corruption Perceptions Index 2019: Global Scores
Was this content helpful?
YesNo

Related Posts

Press Release

हार्दिक श्रद्धाञ्जली

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति

Press Release

प्रेस विज्ञप्ति: समझदारीपत्र सार्वजनिक गरियोस्

Next Post
Press Release

प्रेश विज्ञप्ति - अन्य ठूला भ्रष्टाचार प्रकरणहरुमा पनि यथासिघ्र कारबाही प्रक्रिया अगाडि बढाइयोस्

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९)
Latest News and Events

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९)

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९) को अवसरमा यस संस्थाको पदाधिकारी, सदस्य, सचिवालय सदस्यको सहभागितामा काठमाडांैको माइतिघर...

Read moreDetails
Affiliated Organizations

CPI 2023 सम्बन्धी प्रेस नोट

आवद्ध संस्थासँग भेटघाट र छलफल

आवद्ध संस्थासँग भेटघाट र छलफल

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

टिआई नेपालको २७ औं स्थापना दिवसशका अवसरमा छलफल

टिआई नेपालको २७ औं स्थापना दिवसशका अवसरमा छलफल

Old - TI Nepal Website

Transparency International Nepal (TIN) is a civil society institution dedicated to increasing public accountability and curbing corruption in all walks of life. It is registered at the Kathmandu District Administration Office and is affiliated with the Social Welfare Council.

TIN is one of national chapters of Transparency International, a NGO that leads a global movement against corruption. Transparency International is active in more than 100 countries with its secretariat in Berlin. It builds up support for the national chapters as part of a growing international movement for a transparent and corruption-free society.

Get in touch

Transparency International Nepal
House No.: 57/62
Chhakkubakku Marga, New Baneshwor,
Kathmandu, Nepal.
P.O. Box: 11486.

Tel: 977-1-4575062, 4575262
Fax: 977-1-4575112
Email: trans@tinepal.org
Website: https://old.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal

Copyright © 2025, Transparency International Nepal. All rights reserved.