Thursday, October 15, 2026
Old - TI Nepal Website
No Result
View All Result
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal
Old - TI Nepal Website
No Result
View All Result
Home News and Events Latest News and Events

CPI 2023 सम्बन्धी प्रेस नोट

January 30, 2024

CPI 2023 सम्बन्धी प्रेस नोट

काठमाडौं, ०८० माघ १६ (जनवरी ३०, २०२४) । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) द्वारा  Corruption Perceptions Index –CPI_ 2023 (भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२३) सार्वजनिक गरिएको छ । १८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँदछ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो प्रेश वक्तव्यमा न्याय प्रणालीको स्वतन्त्रताबाट मात्र भ्रष्ट आचरणमाथि कारबाही बढ्ने र शक्ति सन्तुलन हुनेतर्फ सरकारहरूको ध्यानाकर्षण गरेको छ ।

सीपीआई २०२३ को विश्वव्यापी सन्देश :

  • विगत १ दशकमा सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा प्रगति हुन सकेको छैन ।
  • सरकारहरु भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा असफल रहेका छन् ।
  • कमजोर न्याय प्रणालीले भ्रष्टाचारलाई मलजल पु¥याएको छ ।
  • निरंकुश हुन वा लोकतान्त्रिक, नेताहरूले न्यायलाई अवमूल्यन गरेकाले भ्रष्टाचारमा दण्डहिनता बढेको छ ।

सीपीआई २०२३ मा नेपाललाई १०० मा ३५ अङ्क (१०८ औं स्थान) दिइएको छ । सीपीआई २०२२ मा नेपालको अंक ३४ (११० औं स्थान) रहेको थियो । सूचकाङ्कमा यस वर्षको औसत अंक ४३ रहेको छ । एशिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको    छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ । गतवर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ ।

सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अङ्क (२६ औं), भारतले ३९ (९३ औं) माल्दिभ्सले ३९ अङ्क (९३ औं), नेपालले ३५ अङ्क (१०८ औं), श्रीलङ्काले ३४ अङ्क (११५ औं), पाकिस्तानले २९ अङ्क (१३३ औं), बङ्गलादेशले २४ अङ्क (१४९ औं) र अफगानिस्तानले २० अङ्क (१६२ औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४२ अङ्क (७६ औं) प्राप्त गरेको छ ।

सीपीआईमा नेपालः २०१२ देखि २०२३ सम्म
वर्ष (सन्) २०२३ २०२२ २०२१ २०२० २०१९ २०१८ २०१७ २०१६ २०१५ २०१४ २०१३ २०१२
स्कोर/कूल अङ्क ३५/१०० ३४/१०० ३३/१०० ३३/१०० ३४/१०० ३१/१०० ३१/१०० २९/१०० २७/१०० २९/१०० ३१/१०० २७/१००
स्थान/कुल देश १०८/१८० ११०/१८० ११७/१८० ११७/१८० ११३/१८० १२४/१८० १२२/१८० १३१/१७६ १३०/१६८ १२६/१७५ ११६/१७७ १३९/१७६

सीपीआई २०२३ मा नेपालको स्कोर बर्टेल्सम्यान फाउन्डेशन, ग्लोबल इनसाइट, भी–डीईएम, विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम र वल्र्ड जस्टिस प्रोजेक्ट र सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई आधार मानी तयार गरिएको उल्लेख गरिएको छ ।

  • बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास कतिको सफल छ भन्ने सर्वेक्षण गरेको छ ।
  • ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यातमा घूस र भ्रष्टाचारबारे सर्वेक्षण गरेको छ ।
  • भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) ले राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिका सम्बन्धित भ्रष्टाचारको व्यापकताजस्ता विषयमा सर्वेक्षण गरेको छ ।
  • विश्व बैङ्कले सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको काम–कारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सीमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकडबारे सर्वेक्षण गरेको छ ।
  • वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारबारे सर्भेक्षण गरेको छ ।
  • वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा सर्वेक्षण गरेको छ ।

             (उल्लेखित सर्वेक्षणबारे विस्तृत जानकारी www.transparency.org/cpi मा उपलब्ध रहेको छ ।)

सीपीआई २०२३ मा नेपालको स्कोरका लागि प्रयोग भएका तथ्याङ्क र सम्बद्ध संस्था

सीपीआई

बर्टेल्सम्यान फाउन्डेसन

ग्लोबल इनसाइट

भी–डीईएम

विश्व बैङ्क

वल्र्ड इकोनोमिक फोरम

वल्र्ड जस्टिस प्रोजेक्ट

सीपीआई स्कोर

२०२३

३३

३५

३५

३५

३८

३१

३५

२०२२

३३

३५

३०

३५

३८

३०

३४

२०२१

३३

३५

३०

३५

३४

३२

३३

२०२०

२९

३५

२९

३५

४०

३२

३३

२०१९

२९

३५

२९

३५

४०

३५

३४

२०१८

२५

३५

२५

३५

३३

३२

३१

२०१७

२५

३५

२५

३५

३४

३२

३१

२०१६

२४

३४

२१

३५

२६

३१

२९

२०१५

२३

२२

–

३५

३३

२४

२७

२०१४

२८

२२

–

३५

३१

३१

२९

२०१३

२८

३२

–

३५

२८

३२

३१

२०१२

२३

२२

–

३५

२७

३१

२७

 यसै परिपेक्षमा सीपीआई २०२३ सूचकाङ्कमा रहेको नेपालको विषम स्थितिलाई मध्यनजर गर्दै भ्रष्टाचार विरुद्धको जनचाहना सम्बोधन गर्न सरकार यथाशिघ्र अति गम्भीर हुन जरुरी छ । यसका लागि संसदमा विचाराधीन रहेका भ्रष्टाचार विरोधी ऐन कानुनलाई फितलो बनाउने प्रयास रोक्न, राजनीतिक व्यक्तिउपर भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान तथा कारबाही गर्न, सार्वजनिक पदाधिकारीहरूको सम्पत्तिको जाँच गरिने सरकारको प्रतिवद्धता कार्यान्वयन गर्न र राजनीतिक पदाधिकारीहरूद्वारा मन्त्रीपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट उन्मुक्ति पाउने व्यवस्थाको अन्त्य गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जोडदार माग गर्दछ ।

Corruption Perceptions Index 2023 सम्बन्धमा Transparency International बाट आज जारी प्रेश विज्ञप्ति र थप जानकारी www.transparency.org/cpi मा र टीआई नेपालको प्रेस विज्ञप्ति www.tinepal.org मा उपलब्ध छ ।

पद्मिनी प्रधानाङ्ग
अध्यक्ष
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

Attachment:

  1. CPI 2023 Asia Pacific Regional TI Press Release
  2. CPI 2023 Table
  3. CPI 2023 TI Press Release
  4. CPI 2023 TIN Press Release
  5. CPI2023 – Report – Embargoed until 07.01am CET (Berlin) 30 January 2024
Was this content helpful?
YesNo

Related Posts

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९)

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९)

आवद्ध संस्थासँग भेटघाट र छलफल

आवद्ध संस्थासँग भेटघाट र छलफल

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

टिआई नेपालको २७ औं स्थापना दिवसशका अवसरमा छलफल

टिआई नेपालको २७ औं स्थापना दिवसशका अवसरमा छलफल

Next Post
Press Release

प्रेस विज्ञप्ति

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९)
Latest News and Events

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९)

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९) को अवसरमा यस संस्थाको पदाधिकारी, सदस्य, सचिवालय सदस्यको सहभागितामा काठमाडांैको माइतिघर...

Read moreDetails
Affiliated Organizations

CPI 2023 सम्बन्धी प्रेस नोट

आवद्ध संस्थासँग भेटघाट र छलफल

आवद्ध संस्थासँग भेटघाट र छलफल

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा श्री पद्मिनी प्रधानाङ्ग निर्वाचित

टिआई नेपालको २७ औं स्थापना दिवसशका अवसरमा छलफल

टिआई नेपालको २७ औं स्थापना दिवसशका अवसरमा छलफल

Old - TI Nepal Website

Transparency International Nepal (TIN) is a civil society institution dedicated to increasing public accountability and curbing corruption in all walks of life. It is registered at the Kathmandu District Administration Office and is affiliated with the Social Welfare Council.

TIN is one of national chapters of Transparency International, a NGO that leads a global movement against corruption. Transparency International is active in more than 100 countries with its secretariat in Berlin. It builds up support for the national chapters as part of a growing international movement for a transparent and corruption-free society.

Get in touch

Transparency International Nepal
House No.: 57/62
Chhakkubakku Marga, New Baneshwor,
Kathmandu, Nepal.
P.O. Box: 11486.

Tel: 977-1-4575062, 4575262
Fax: 977-1-4575112
Email: trans@tinepal.org
Website: https://old.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • Home
  • Who we are
    • About TI-Nepal
    • Organisational Structure
    • Affiliated Organizations
  • What we do
    • Cross-Cutting Work
    • Strategy Implementation
    • Our Projects
  • Board
    • Executive Committee
    • Past Presidents
  • Membership
    • Members
    • Code of Conduct
  • Operational
    • TI-Nepal’s Constitution
    • Strategic Plan
    • Operational Manual
    • Annual Progress Reports/Financial Statements
  • Publication
    • Reports
      • Recent Reports 2022-2025
      • Report Archive 1998- 2021
    • Press Release
    • Corruption News
    • TIN Calendar
      • TIN Calendar 2082 BS [2025/26]
      • TIN Calendar 2081 BS [2024/25]
  • Contact
    • General Contact
    • Report Corruption
    • Complaints against TI Nepal

Copyright © 2025, Transparency International Nepal. All rights reserved.